arrow

आणविक सम्झौता पुनर्स्थापित गर्न इरान र विश्व शक्तिहरूबीच  भियनामा वार्ता शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १३ सोमबार
iran-us.jpg

काठमाडौँ । इरान र विश्व शक्तिहरूबीच आणविक सम्झौता पुनर्स्थापित गर्न अष्ट्रियाको राजधानी भियनामा वार्ता सुरु भएको छ । सोमबार इरान, चीन, फ्रान्स, जर्मनी, रुस र फ्रान्सका प्रतिनिधिहरूले पहिलो चरणको वार्ता थालेका हुन् ।

करिब ती वर्षअघि अमेरिकाले सम्झौता त्यागेका कारण अहिले अमेरिकाको सहभागिताबिना वार्ता अघि बढाउन इरान भने सहमत देखिएका छैनन् । अमेरिकी प्रतिनिधिहरू पनि वार्तामा आएपछि इरानमाथिका प्रतिबन्ध हट्न सक्ने र इरान फेरि आणविक सम्झौतामा बाँधिने छ ।

पहिलो दिनको छलफलमा आगामी चरणका वार्ता एवं सम्झौताको खाका तयार पार्ने अनुरूपको तयारी छ । सोमबार छ वटै देशका प्रतिनिधहरुबीच अनौपचारिक बहुपक्षीय एवं त्रिपक्षीय वार्ताहरू पनि भएका छन् ।

सन् २०१८ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानसँग सन् २०१५ मा इरानसँग भएको आणविक सम्झौताबाट हात झिकेका थिए ।

त्यसपछि अहिले फेरि सो सम्झौता पुनर्स्थापना गर्न विश्व शक्तिहरू र इरानबिच वार्ता सुरु भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ