arrow

ओमिक्रोन भेरियन्टको 'विश्वव्यापी उच्च जोखिम'- डब्ल्यूएचओ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १४ मंगलबार
who-president-tedros.jpg

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन विश्वकै लागि उच्च जोखिमपूर्ण रहेको भन्दै चेतावनी दिएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सोमबार स्वास्थ्य मन्त्रीहरूको बैठकको सुरुमै यस्तो चेतावनी दिएका हुन् ।

धेरै नै परिवर्तित रहेका कारण ओमिक्रोन भेरियन्टले खतरनाक अवस्था सिर्जना गर्न सक्ने भन्दै उनले खोप अभियान तीव्र पार्न निर्देशन दिएका छन् । अहिलेसम्म ओमिक्रोन सङ्क्रमितको मृत्यु भएको देखिएको छैन र यो भेरियन्टले यसअघि नै सङ्क्रमित भएका र खोप लगाएकाहरूमा पनि कतिसम्म असर पार्छ भन्नेबारे अध्ययनले देखाउन बाँकी छ ।

नयाँ भेरियन्टको समग्र विश्वव्यापी जोखिम धेरै उच्च रूपमा मूल्याङ्कन गरिएको उनले भनेका छन् । उनले विश्वलाई महामारीविरुद्ध लड्न नयाँ सम्झौता किन चाहिन्छ भन्ने जवाफ ओमिक्रोनले दिएको टिप्पणीसमेत गरेका छन् ।

महामारीविरुद्ध लड्न एक नयाँ विश्वव्यापी सम्झौता २०२४ को मेमा हुनसक्ने अपेक्षा गरिएको छ । उक्त सम्झौताले भाइरसहरूको जिनोम अनुक्रम, विभिन्न तथ्याङ्क एवं अनुसन्धानबाट व्युत्पन्न कुनै पनि सम्भावित खोपहरूको साझेदारी जस्ता थुप्रै मुद्दाहरूलाई समेट्नेछ।

अहिले ओमिक्रोन भेरियन्ट विश्वभरका १६ देशमा फेला परिसकेको छ । ओमिक्रोन भेरियन्ट फेला परेका देशहरूमा दक्षिण अफ्रिका, बोत्सवना, बेल्जियम, हङकङ, इजरेल, युनाइटेड किङडम (युके), नेदरल्यान्ड, जर्मनी, चेक रिपब्लिक, अष्ट्रिया, डेनमार्क, अष्ट्रेलिया, इटाली, क्यानडा,फ्रान्स र पार्चुगल रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ