arrow

बेलायती महारानीलाई राष्ट्र प्रमुखबाट हटाउँदै बार्बाडोस बन्यो कान्छो गणतन्त्र मुलुक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १४ मंगलबार
barbados.jpg

काठमाडौँ । पूर्वी क्यारेबियन टापु बार्बाडोस संसारकै कान्छो गणतान्त्रिक मुलुक बनेको छ। यसअघि  बेलायतको उपनिवेश रहेको बार्बाडोसमा बेलायती महारानी एलिजाबेथ राष्ट्र प्रमुखका रूपमा रहँदै आएकी थिइन् ।

तर मङ्गलबार बार्बाडोसले आफ्नै राष्ट्रपति घोषणा गरेको हो । यससँगै यसअघि बेलायतको उपनिवेश रहेको बार्बाडोस स्वतन्त्र मुलुक बनेको छ ।

गत अक्टोबरमा नै ७२ वर्षीया डाम सान्द्रा मासोन बार्बाडोसकी राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । मङ्गलबार राजधानी ब्रिजटाउनमा मासोनले राष्ट्रपतिको शपथ लिएकी छिन् । 

मासोनको शपथ ग्रहणमा सहभागी रहेका बेलायती युवराज चार्ल्सले समारोहलाई सम्बोधन गर्दै दुवै देशबीच संवैधानिक व्यवस्था फेरिए पनि आपसी सहयोग एवं सहकार्य जारी रहने बताएका छन् ।

२ लाख ८७ हजार जनसङ्ख्या रहेको बार्बाडोस क्यारेबियनमा रहेको एक समृद्ध मुलुक हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ