arrow

अमेरिकापछि युकेले पनि चीनमा हुने ओलम्पिक बहिष्कार गर्ने

logo
एजेन्सी,
प्रकाशित २०७८ मंसिर १४ मंगलबार
united-kingdom-uk.gif
फाइल तस्बिर

काठमाडौँ। अमेरिकी राष्ट्रपति जो बाइडनको बेइजिङ ओलम्पिक २०२२ को बहिष्कार गर्ने घोषणापछि अब यूकेले पनि बहिष्कार गर्ने विचार गरिरहेको समाचार आएको छ।

यूकेका प्रधानमन्त्री बोरिस जोनसनले भनेका छन्, ' चीनमा मानवाधिकार हरूको उल्लङ्घनको कारण त्यहाँ हुने ओलम्पिक बहिष्कार गर्नमाथि विचार भइरहेको छ।'

रुसी एजेन्सी स्पुतनिकले उल्लेख गरेको छ, 'ब्रिटेन सरकारले बेइजिङमा विन्टर ओलम्पिकमा अधिकारीहरूलाई पठाउनदेखि रोक्ने सम्भावनामा गम्भीरताले छलफल गरिरहेको छ। विदेश सचिव लिज ट्रसले सो बिचार अघि सारेका हुन।

यसअघि बिहीबार अमेरिकी राष्ट्रपति जो बाइडनले भनेका थिए, 'हाम्रो प्रशासनले बेजिङमा २०२२ विन्टर ओलम्पिकको कूटनैतिक बहिष्कारमाथि विचार गरिरहेछ।'

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोको साथ ओवल अफिसको बैठकमा बहिष्कारको सम्भावनाबारे बाइडनलाई त्यसबारे विचार भइरहेको बताएका थिए। उल्लेख्य छ कि सामान्य रूपमा व्हाइट हाउसको तर्फबाट ओलम्पिकको उद्घाटन र समापन समारोहमा एक प्रतिनिधिमण्डल पठाइन्छ तर यस पटक पठाइनेछैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ