arrow

मोडर्नाका सीईओले भने- ओमिक्रोनविरुद्ध खोपकाे प्रभावकारीता कम हुन्छ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १४ मंगलबार
moderna-ceo-bancel.jpg

काठमाडौं । खोप उत्पादक कम्पनी मोडर्नाका सीईओले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टविरुद्ध खोप कम प्रभावकारी हुने बताएका छन् । कम्पनीका सीईओ स्टेफन बान्सेलले फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा बोल्दै उनले ओमिक्रोन भेरियन्टविरुद्ध खोप कम प्रभावकारी हुने देखिएको बताएका हुन् ।

'मलाई लाग्दैन कुनै पनि हालतमा डेल्टा भेरियन्टविरुद्ध खोपले काम गरे जस्तो हुने छैन,' उनले भनेका छन् । 

'पक्कै पनि प्रभावकारिता कम हुनेछ, यद्यपि बाँकी कुरा अध्ययनले देखाउने छ तर, मैले जति वैज्ञानिकहरूसँग कुरा गरें उनीहरूको भनाइ नै यहीँ छ कि यो प्रभावकारी हुने देखिँदैन,' बान्सेलले भनेका छन् ।

विश्व स्वास्थ्य सङ्गठन(डब्ल्यूएचओ) ले समेत ओमिक्रोन भेरियन्ट विश्वकै लागि उच्च जोखिमपूर्ण रहेको चेतावनी दिइसकेको छ । यसैबीच झन्डै २ वर्ष लामो महामारीपछि खुल्न लागेको विश्व फेरि बन्दतिर धकेलिएको छ ।

सोमबारसम्म ओमिक्रोन भेरियन्ट १६ देशमा फेला परिसकेको छ । जापान, इजरेल र मोरक्कोले सबै विदेशी नागरिकको आगमनमा अस्थायी रोक लगाइसकेका छन् भने थुप्रै मुलुकहरूले ओमिक्रोन भेरियन्टको जोखिम रहेका देशहरूमाथि यात्रामा प्रतिबन्ध लगाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ