arrow

इतिहासमै पहिलो पटक अन्टार्कटिकामा जहाज अवतरण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १४ मंगलबार
antarctica.jpeg

काठमाडौँ । इतिहासमै पहिलो पटक, व्यावसायिक जहाजले अन्टार्कटिकामा सफल अवतरण गरेको छ । युरोपेली बहुराष्ट्रिय एयरोस्पेस निगमले निर्माण गरेकाे ए३४० जहाज  हाइ फ्लाइ कम्पनीले अन्टार्कटिकामा अवतरण गराएको हो ।

यो जहाजले दक्षिण अफ्रिकाको क्याप टाउनबाट नोभेम्बर २ मा उडान भरेको थियो । हाइ फ्लाइ कम्पनीका उपाध्यक्ष कार्लोस मिरपुरी नै यो उडानका क्याप्टन थिए । जहाजले ४ हजार ६ सय ३० किलोमिटरको उडा भरेपछि अन्टार्किटिकाको हिउँमा अवतरण गरेको हो ।

जहाजलाई त्यहाँ पुग्न र फर्किन ५ र सो ५ घण्टाको समय लागेको थियो भने, क्रु र क्याप्टेनसहितको टोलीले अन्टार्कटिकामा करिब ३ घण्टा समय बिताएका थिए । नीलो हिउँको करिब ३ हजार मिटर लामो धावनमार्ग सी ग्रेडको विमानस्थलका रूपमा मानिएको थियो ।

अर्थात् त्यहाँ कुनै पनि टेक्निकल सुविधा नभएका कारण जो कसैलाई जहाज उडाउन एवं अवतरण गर्न चुनौतीपूर्ण काम हो ।क्याप्टन मिरपुरीले यो उडान जोखिमपूर्ण र रमाइलो रहेको बताएका छन् ।

पहिलो पटक अन्टार्कटिकामा व्यावसायिक जहाज अवतरण भएसँगै अब पर्यटकका लागि नयाँ किसिमले गन्तव्य बन्ने ठानिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ