arrow

जापानमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १४ मंगलबार
corona-virus-omicron.JPG

काठमाडौँ । विश्वका १६ भन्दा बढी देशमा फैलिसकेको कोरोना भाइरसको नयाँ भेरियन्ट जापानमा पनि फेला परेको छ । मंगलबार त्यहाँका अधिकारीहरुले ओमिक्रोन भेरियन्टबाट संकमण भएका नागरिकका फेला परेको पुष्टि गरेका हुन् ।

नाम्बियाबाट आइतबार आएका एक ३० वर्षीय कुटनीतिज्ञमा संक्रमण पुष्टि भएको र सो जहाजमा आएका ७१ यात्रुको ‘कन्ट्याक्ट ट्रेसिंग’ गर्ने जापानका स्वास्थ्य मन्त्री सिंगेयुकी गोटोले बताएका छन् ।

ती व्याक्तिले पूर्ण खोप लगाएको उनले बताएका छन् । आइतबार उनमा कुनै लक्षण नदेखिए पनि अहिले ज्वरो देखिएको उनले बताएका छन् ।

ओमिक्रोन फैलिन नदिन थुप्रै देशहरुले यो भेरियन्ट देखिएका देशमाथि प्रतिबन्ध लगाउन थालेका छन् । जापानले समेत हिजो मात्रै आज रातिदेखि लागु हुने गरी सबै विदेशीको आगमनमा अस्थायी रोक लगाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ