arrow

बिहेका बाजाले ६३ चल्ला मारिएपछि आयोजकविरुद्ध उजुरी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १५ बुधबार
small-chicken-farm.jpg
तस्वीर–फाइल ।

काठमाडौं । भारतमा विवाहको परम्परागत बाजाका कारण अ‍ाफ्ना ६३ ओटा कुखुराका चल्ला मारिएको एक व्यक्तिले गुनासो गरेका छन् । सन्दर्भ यसै साताको ‌अ‍ाइतबारको पूर्वी उडिसा राज्यमा भएको घटना हो । 

विवाहमा चर्को अ‍ावाज बजाउँदा कानको जाली फुटेर मध्यरातमा अ‍ाफ्ना चल्लाहरु मरेको किसान रन्जित कुमार परिदाले अ‍ारोप लगाएका छन् । ‘बाजा बजाउने मानिसहरुलाई बाजको अ‍ावाज सानो बनाउन अग्रह गरे, तर उनीहरुले सुनेनन् ।  विवाहमा निकै चर्को अ‍ावाजमा बाज बजाइएको थियो ।’ उनले भने । अ‍ाफूले सम्झाउदा बेहुलीका साथीहरुले झनै थर्काएको उनले गुनासो गरे । 

क्षतिपूर्तीको माग गर्दै उनले विवाह अ‌ायोजकविरुद्ध उजुरी गरेका छन् । एक पशु चिकित्सकले ह्दयघात भएर चल्ला मरेको बताएका छन् ।

जीव विज्ञानका प्राध्यापक सूर्यकान्त मिश्रले चर्को अ‍ावाजले चराचुरुङ्गीमा ह्दयघात हुने बताएका छन् । ‘चर्को संगीत वा अकस्मातको उत्तेजना र चोटले चराचुरुङ्गीको जैविक चक्रमा असर गर्छ’, उनले भने । 

यसैबीच प्रहरीले दुबै पक्ष मिलेर समस्या समाधान गर्न सम्बन्धित पक्षलाई अनुरोध गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ