arrow

यौन उत्पीडनको आरोपमा दाइलाई मद्दत गरेपछि सीएनएनका चर्चित एंकर निलम्बित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १५ बुधबार
andew-cumo-chris-cumo.jpg

काठमाडौं। सीएनएनले चर्चित टिभी एंकर क्रिस कुमोलाई अनिश्चित समयका लागि निलम्बित गरेको छ । उनका दाइ एवं न्युर्योकका पूर्व गभर्नर एन्ड्रयू कुमोमाथि यौन उत्पीडनको आरोप लागेका बेला मद्दत गर्न खोजेको रिपोर्ट गरिएपछि उनी निलम्बनमा परेका हुन् ।

सीएनएनको दैनिक प्रसारण हुने कार्यक्रम प्राइम टाइम्सका एंकर क्रिसको कार्यक्रम दैनिक सबैभन्दा बढी हेरिने कार्यक्रम हो । न्यूयोर्ककी महान्यायाधिवक्ता लेटिया जेम्सका वकिलहरूका अनुसार ५१ वर्षीय क्रिस कुमोले आफ्ना दाइ एन्ड्रयू कुमोमाथि यौन उत्पीडनको आरोप लगाउनेहरूबारे जानकारी लिन खोजेका थिए र सो जानकारी उनका दाइका सहयोगीसम्म पुर्‍याउने लगायतका काम गरेका थिए ।

क्रिसले यसअघि दाइलाई केही सल्लाह दिएको मात्रै बताएका थिए । तर, नोभेम्बर २९ मा सार्वजनिक रिपोर्टहरूले थप कुराहरू बाहिर ल्याएको हो ।६३ वर्षीय एन्ड्र्यू कुमोले सम्भावित महाभियोग लाग्न सक्ने विषयलाई ध्यानमा राख्दै गत अगस्तमा गभर्नर पदबाट राजीनामा दिएका थिए । त्यसपछिको अनुसन्धानले उनले कम्तीमा ११ महिलालाई यौन दुर्व्यवहार गरेको देखाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ