arrow

चीनले ताइवानमाथि आक्रमण गरे जापान र अमेरिका एक हुन्छ : सिन्जो आबे

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १५ बुधबार
Japanese-Shinzo-Abe-PM.jpg

काठमाडौँ  । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेले चीनले ताइवानमाथि आक्रमण गरे जापान र अमेरिका चुप नबस्ने र एक हुने किसिमको टिप्पणी गरेका छन् ।

बुधबार ताइवानी थिंक ट्याङ्क द इन्स्टिच्युट फर नेसनल पोलिसी रिसर्चद्वारा आयोजित भर्चुअल फोरममा बोल्दै उनले चीनले आक्रमण गरे जापान र अमेरिका चुप नबस्ने बताएका हुन् ।

चीनले ताइवान कब्जा गर्न सैन्य गतिविधि बढाइरहेका बेला ताइवानमाथिको खतरा जापान र अमेरिकाका लागि समेत खतरा भएको उनले बताएका हुन् ।

'ताइवानमाथिको आपत्काल जापानका ला पनि आपत्काल हो र ,त्यसैले जापान अमेरिका गठबन्धनका लागि पनि आपत्काल हो । बेइजिङका जनता, विशेष गरी राष्ट्रपति सी चिनफिङले यो कुरा बुझ्नमा भुल गर्नुहुन्न,' पूर्व प्रधानमन्त्री आबेले भनेका छन् ।

जापानमा अमेरिकी सेनाको मुख्य अखडा रहेको । त्यसमध्येको एक अमेरिकी सैन्य अखडा ताइवान भन्दा केही पर जापानको ओकिनावा टापुको दक्षिणी भागमा रहको छ ।

चीनले ताइवानमाथि आक्रमण गरेमा ओकिनावा टापुमा रहेको अमेरिकी सैन्य अखडाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ ।

गत महिना अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकनले समेत चीनले ताइवानमा यथास्थिति परिवर्तन गर्न खोजे अमेरिका र यसका सहयोगीहरूले अनिश्चित कारबाही गर्ने बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ