arrow

अमेरिकामा पूर्ण खोप लगाएका व्यक्तिमा ओमिक्रोन भेरियन्ट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १६ बिहिबार
corona-covid-dalta-plus.jpg

काठमाडौँ । अमेरिकाको क्यालिफोर्नियामा दक्षिण अफ्रिकाबाट फर्किएका एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको छ । २२ नाभेम्बरमा दक्षिण अफ्रिका भ्रमण गरेका ती व्यक्तिमा २९ नोभेम्बरमा सङ्क्रमण पुष्टि भएको राष्ट्रिय एलर्जी र सङ्क्रामक रोग संस्थानका निर्देशक डा. एन्थोनी फौसीले बताएका हुन् ।

ती व्यक्तिले पूर्ण खोप लगाएको उनले बताएका छन् । यद्यपि सङ्क्रमितमा मध्यम किसिमको लक्षण देखिएको र अहिले उनको स्वास्थ्य अवस्था सुधार भइरहेको डा. फौसीले बताएका छन् ।

उनीसँग सम्पर्कमा आएका व्यक्तिहरू अहिलेसम्म नेगेटिभ देखिएका र उनी आइसोलेसनमा रहेको बताइएको छ ।

अहिलेसम्म ओमिक्रोन झन्डै २५ देशमा फैलिसकेको छ । यो भेरियन्ट झनै बढी सङ्क्रामक र घातक हुनसक्ने अनुमान गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ