arrow

कोभिड-१९ को उपचारका लागि बेलायतले अर्को औषधिलाई अनुमति दियो 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १६ बिहिबार
xevudy-sotrovimab-covid.jpg

काठमाडौं । बेलायतले कोरोना भाइरसको सङ्क्रमण कोभिड-१९विरुद्ध प्रयोग गर्न ग्लैक्सोस्मिथक्लाइन कम्पनीले जेभुदी (Xevudy) ब्रान्ड अन्तर्गत उत्पादन गरेको सोट्रोभीमाब (Sotrovimab) औषधिलाई स्वीकृति दिएको छ ।

प्रारम्भिक अध्ययनले यो औषधि ओमिक्रोन भेरियन्टविरुद्ध पनि राम्रोसँग काम गर्ने देखाएको वैज्ञानिकहरूले बताएका छन् ।

नसामा दिइने सोट्रोभीमाब औषधिले भाइरसलाई हाम्रो कोषहरूमा प्रवेश गर्नबाट रोक लगाउँछ ।

क्लिनिकल परीक्षणमा यो औषधिको एक खुराकले उच्च जोखिम भएकाहरूमा अस्पताल भर्ना र मृत्यु हुने जोखिम ७९ प्रतिशतले कम गरेको देखाएको छ ।

यसअघि बेलायतले कोभिड१९विरुद्ध रोनाप्रिभ औषधिलाई पनि स्वीकृति दिइसकेको छ । यी दुवै एन्टीबडी हुन् ।

कोरोना भाइरसको लक्षण देखिँदा सुरुवाती अवस्थामा प्रयोग गरेमा प्रभावकारी देखिएका छन् ।

बेलायतको औषधि र स्वास्थ्य सेवा उत्पादन नियामक एजेन्सीले लक्षण देखिएको ५ दिनभित्रमै औषधि प्रयोग गर्न भनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ