arrow

एलन मस्कको कम्पनीले अन्तरिक्षमा पठायो रकेट

logo
एएनआई / स्पुतनिक,
प्रकाशित २०७८ मंसिर १७ शुक्रबार
spacex2.jpg

वासिङ्टन [अमेरिका] । विश्वका धनाढ्य एलन मस्कको कम्पनी स्पेसएक्सले फाल्कन ९ रकेटलाई अन्तरिक्षमा पठाएको छ ।

एलन मस्कको एयर स्पेस कम्पनी स्पेसएक्सले फ्लोरिडाको केप क्यानाभरल स्पेस फोर्स स्टेसनबाट 'पेलोड'को रूपमा ४८ स्टार लिङ्क इन्टरनेट उपग्रह र दुई ब्ल्याकस्काई उपग्रहहरू बोकेको फाल्कन ९ रकेट सफलतापूर्वक प्रक्षेपण गरेको हो।

"लिफ्ट अफ!" स्पेसएक्सले आफ्नो आधिकारिक ट्विटरमा बिहीबार रकेट प्रक्षेपणको प्रारम्भिक भिडियो प्रसारण गरेको छ ।

फाल्कन ९ रकेट, जुन आंशिक रूपमा पुनः प्रयोज्य छ यसको पहिलो चरणको बुस्टरहरू पाँच वटा स्टार लिङ्क मिसनहरू सहित धेरै अभियानहरूको भागको रूपमा अन्तरिक्षमा प्रक्षेपण गरिएको जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ