arrow

गुरुद्वारामा पाकिस्तानी मोडलको तस्बिर खिचाएपछि भारत रुष्ट, विश्वभर विरोध

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १७ शुक्रबार
guru-sahiba.jpeg

काठमाडौँ । गुरुद्वारामा पाकिस्तानी मोडलको तस्बिर खिचाएपछि भारत रुष्ट बनेको छ । लाहोरको कपडा ब्रान्डले हालै दरबार साहिब गुरुद्वारामा एक मोडलले खिचेको तस्बिर खिचाएर आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेको थियो। तस्बिरहरूमा देखाइएको मोडेलले टाउको छोपेको थिइनन्। सिख तीर्थस्थलहरूमा जाने सबै आगन्तुकहरूले टाउको छोप्नु अनिवार्य मानिन्छ ।

सो घटनालाई लिएर भारत तथा विश्वभर व्यापक विरोध भएको छ । साथै सिख समुदायका सदस्यहरूले मोडेल र कपडा ब्रान्ड विरुद्ध कडा कारबाहीको माग गरेका छन्।

भारतले पाकिस्तानका राजदूत अफताब हसन खानलाई बोलाएर पाकिस्तानी मोडल र कपडा ब्रान्डद्वारा गुरुद्वारा श्री दरबार साहिब, करतारपुरको पवित्रताको अपमान गरेको घटनामा गहिरो चिन्ता व्यक्त गर्दै रुष्टता प्रकट गरेको छ।

घटना बारे भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले घटनाले भारत र विश्वभरका सिख समुदायको भावनामा गहिरो चोट पुर्‍याएको बताएका छन् ।

'पाकिस्तानमा अल्पसङ्ख्यक समुदायका धार्मिक पूजा स्थलहरूको अपमान र अनादरका यस्ता निरन्तर घटनाहरूले यी समुदायहरूको आस्थाप्रति सम्मानको कमीलाई उजागर गर्दछ। पाकिस्तानी अधिकारीहरूले यस मामिलाको इमानदारीपूर्वक छानबिन गर्ने र संलग्न व्यक्तिहरू विरुद्ध कारबाही गर्ने हामी अपेक्षा गर्दछौँ।' उनले भने ।

पाकिस्तानी मोडेलको सो फोटोहरू इन्स्टाग्राममा राखिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ