arrow

एफएटीएफ आदेशका कारण टर्की–पाकिस्तान सम्बन्धमा नकारात्मक प्रभाव

logo
एजेन्सी,
प्रकाशित २०७८ मंसिर १७ शुक्रबार
turkey-flag.jpg
फाइल तस्बिर

अंकारा। फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को पछिल्लो कदममा टर्कीसहित माली र जोर्डनलाई पनि ग्रे लिस्टमा सूचीकृत गरिएको छ। अक्टोबरमा एफएटीएफले चार मुलुकलाई खैरो सूचीमा राखेको हो।

आतङ्कवादी सङ्गठनहरूलाई प्रयोजन गरेको आरोपमा यसअघि पाकिस्तान मात्रै एफएटीएफको खैरो सूचीमा रहेकोमा यस वर्ष टर्कीलाई पनि खैरो सूचीमा राखिएको हो । लन्डनस्थित बिजनेस कन्सलटेन्ट जेम्स क्रिकटोनले पोसिली रिसर्च ग्रुपमा लेखे अनुसार एफएटीएफको आदेशका कारण टर्की र पाकिस्तानबिचको सम्बन्धमा पनि नकारात्मक प्रभाव परेको छ। 

क्रिकटोनका अनुसार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआन र पाकिस्तानी प्रधानमन्त्री इमरान खानको उच्चस्तरीय भ्रमण र द्विपक्षीय सम्बन्ध विस्तारमा समेत दरार पैदा गरेको छ। विश्वव्यापी हुण्डी कारोबार र आतङ्कवादलाई गरिएको सहयोगको निगरानी गर्ने एफएटीएफले अक्टोबरमा टर्कीलाई खैरो सूचीमा राख्दै प्रतिबन्धका लागि राष्ट्रसङ्घमा सिफारिस गरिएको छ। 

टर्कीले भने यो अनुचित भएको भन्दै एफएटीएफको कदमको कडा विरोध गरेको छ। खैरो सूचीमा राखेकोमा आपत्ति भन्दा पनि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआनलाई रणनीतिक साझेदार पाकिस्तानसँगको सम्बन्धमा दरार पैदा गरिदिएकोप्रति बढी आपत्ति छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ