arrow

पर्वतमा सवारी दुर्घटनाः लामा कन्स्ट्रक्सनमा कार्यरत विशाल लामिछानेको मृत्यु

गम्भीर घाइते पाँच जनालाई पोखरा ल्याइयो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १८ शनिबार
Accident.jpg

पोखरा । पर्वतमा सवारी दुर्घटना हुँदा एक मजदूरको मृत्यु भएको छ । मृत्यु हुनेमा लामा कन्स्ट्रक्सनमा कार्यरत उदयपुर चौधण्डीका विशाल लामिछाने रहेका छन् ।

बीरगञ्जबाट पोखरा हुँदै कुश्मातर्फ गइरहेको ग२ख ००९८ नम्बरको बसले को२त ६४७२ नम्बरको ट्याक्टरलाई पछाडिबाट टक्कर दिंदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

ट्याक्टरलाई ठक्कर दिएको बस नालामा खसेको छ । 

सडक निर्माणका लागि मजदूर लिएर हिंडेको ट्याक्टरलाई पर्वतको कुश्मा नगरपालिका ८ चुवा परादीमा बसले ठक्कर दिएको थियो । 

दुर्घटनामा अन्य १२ जना मजदूर घाइते भएका छन् । गम्भीर घाइते भएका पाँच जना मजदुरलाई थप उपचारका लागि पोखरा ल्याइएको छ ।

बाँकी सात जना घाइतेको पर्वत अस्पतालमा उपचार भइरहेको बताइएको छ । बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ