arrow

गण्डकी प्रदेश संस्थापन इतरलाई, एक पदाधिकारी बाहेक सबैमा शर्माको टिम

logo
हरि पन्त,
प्रकाशित २०७८ मंसिर १९ आइतबार
sukra-raj-sharma-congress-g.jpg

पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश संस्थापन इतर पक्षको कब्जामा गएको छ । शुक्रराज शर्माको नेतृत्वको टिमले एक उपसभापति बाहेक सबै पदाधिकारीमा जित हासिल गरेको छ । 

सभापतिमा शर्माले ६१२ मत ल्याए । उनका प्रतिस्पर्धी अर्जुनप्रसाद जोशीले ५२८ मत ल्याए । जम्मा ११ सय ४६ मत खसेको थियो । 

त्यसैगरी उपसभापतिमा कल्पना तिवारी र र मेखलाल श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ गोपालमान श्रेष्ठका नातेदार हुन् । 
तिवारीले ६२४ तथा श्रेष्ठले ५५६ मत पाए । 

पराजित भएका नेत्रबहादुर महतले ४५७ तथा हरिप्रसाद श्रेष्ठmे ५४८ मत ल्याए । 

महामन्त्रीमा किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछाने विजयी भएका छन् । 

सहमहामन्त्रीमा महिलातर्फ कोपिला रानाभाट विजयी भएकी छिन् । उनले ५९२ मत ल्याउँदा ओमकला गौतमले ५१४ मत ल्याइन् । 

त्यस्तै सहमहामन्त्री खुल्लामा रमेशकुमार पाण्डे र रामचन्द्र जोशी विजयी भएका छन् । पाण्डेले ६०५ तथा जोशीले ५७० मत ल्याए । 

पराजित भएका झुलबहादुर आलेले ४८८, युवराज बस्ताकोटीले ९२ तथा राजनराज पन्तले ४३१ मत ल्याए । 

अध्यक्षका लागि परम्परागत मतदान प्रक्रिया अपनाइएको थियो भने अन्य पदाधिकारीका लागि विद्ययुतीय भोटिङ मेसिनको प्रयोग गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ