- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कञ्चनपुर । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशको नेतृत्व संस्थापन पक्षले लिएको छ । शनिबार भएको मतदानको परिणामअनुसार संस्थापन पक्षका वीरबहादुर बलायरले नेतृत्व सम्हाल्ने भएका हुन् ।
केन्द्रीय सदस्यसमेत रहेका बलायर सभापति शेरबहादुर देउवा निकटका हुन् । बलायरले संस्थापन इतर समूहका नारायण मिश्रलाई पराजित गरेका हुन् ।
कुल एक हजार २७ मत मध्ये एक हजार तीन मत खसेको थियो । सुदूरपश्चिममा ८ पदाधिकारीका लागि १९ जनाको उम्मेदवारी परेको थियो । मत परिणामको घोषणा हुन बाँकी रहेको छ ।
खसेको मत १००३ मध्ये ९०६ मतको गणना हुँदा नै बलायर विजयी भइसकेका थिए । उनले ६२९ मत पाउँदा नारायणदत्त मिश्रले २५० मत मात्र पाएका थिए ।
उपसभापतिमा जनकराज चौधरी र लोकराज अवस्थी विजयी भएका छन् । महामन्त्रीमा नरनारायण शाह मनु र मेघराज खड्का विजयी भएका छन् । सहमहामन्त्रीमा गोपाल दत्त भट्ट र चिन्तामणि भट्ट विजयी भएका छन् ।
सहमहामन्त्री महिलामा अम्बिकाकुमारी चलाउने विजयी भएकी छिन् । अन्तिम परिणाम आउन बाँकी छ ।