arrow

इन्डोनेसियामा ज्वालामुखी विस्फोट : १३ जनाको मृत्यु, दर्जनौं घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १९ आइतबार
indonesia volcno.jpg

काठमाडौँ। इन्डोनेसियाको जाभा टापुमा शनिबार ज्वालामुखी विस्फोट हुँदा १३ जनाको मृत्यु भएको छ भने, दजर्नाैँ घाइते भएका छन्। ज्वालामुखी विस्फोट हुँदा त्यहाँका बासिन्दाहरूले माउन्ट सेमेरुबाट धुवाँको बादल उड्दै गरेको दृश्यहरू खिचेका छन्। बाक्लो धुवाँले स्थानीय गाउँमा अन्धकार बनाएको थियो।

त्यहाँका अधिकारीहरूले कम्तीमा ५७ जना घाइते भएको र केही घाइतेको शरीर धेरै जलेको बताएका छन् । इन्डोनेसियाको प्रकोप न्यूनीकरण एजेन्सी (बीएनपीबी) का प्रवक्ताले घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको बताएका छन् ।

ज्वालामुखीका कारण लुमाजाङ जिल्लाका ११ वटा गाउँमा असर पारेको छ। सो क्षेत्रबाट हालसम्म ९ सय बढीलाई सारिएको अधिकारीहरूले बताएका छन् ।

विस्फोट स्थानीय समय अनुसार दिउँसो साढे २ बजे सुरु भएको थियो। अहिले स्थानीय अधिकारीहरूले क्रेटर (ज्वालामुखीको केन्द्र)बाट ५ किलोमिटर आसपासको क्षेत्रलाई प्रतिबन्धित क्षेत्र स्थापना गरेका छन्।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ