arrow

नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १९ आइतबार
indra-baniya-final.jpg

हेटौंडा । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बागमती प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ विजयी भएका छन् ।

आइतबार साँझ सम्पन्न मत गणना अनुसार बानियाँ १०८५ मत पाएर विजयी बनेका हुन् । उनका प्रतिस्पर्धी जगदिश्वर नरसिंह केसीले ९२७ मत प्राप्त गरे । १५८ मतअन्तर बानियाँ विजयी बनेका हुन् । सभापति पदका लागि दोश्रो चरणको निर्वाचनको मतगणना हेटौंडाको वन विज्ञान अध्ययन संस्थान परिसरमा भएको हो ।

आइतबारको मतदानमा जम्मा २ हजार २५ मत खसेको निर्वाचन समितिले जनाएको छ । बागमतीमा जम्मा २१ सय ५१ मतदाता रहेका छन् । शनिबार २ हजार ८३ मत खसेको थियो ।

शनिबारको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि आइतबार दोस्रो चरणको मतदान भएको हो ।  सभापतिका लागि २ जना उम्मेदवार मैदानमा छन् । चुनाव अघि नै सभापतिका उम्मेदवार भीमसेनदास प्रधानले अर्का उम्मेदवार बानियाँलाई समर्थन गरेका थिए ।

प्रदेश सभापतिका उम्मेदवार बानियाँ, केसी र प्रधानबीच त्रिपक्षीय निर्वाचन भएको थियो । जसमा बानियाँले ९ सय ९२  मत, केसीले ८ सय ७२ मत र प्रधानले १ सय ९७ मत प्राप्त गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ