arrow

कांग्रेस लुम्बिनी प्रदेशको नेतृत्व संस्थापन इतरलाई, अमरसिंह पुन विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २० सोमबार
amar-pun-congress-lumbini.jpg

बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन निर्वाचित भएका छन् । उनी संस्थापन इतरको रामचन्द्र पौडेल पक्षका नेता हुन् । आज बिहान सम्पन्न मतगणनाको अन्तिमपरिणाम अनुसार पुनले  सभापतिका अर्का प्रत्यासी संस्थापन समूहका भरतकुमार शाहलाई ८५ मतले हराएका हुन् । 

पुनले ८५२ मत पाउँदा शाहले ७६७ मत पाए । शुरुआतदेखि नै पुनले अग्रता लिँदै आएका थिए । पदाधिकारीमा पनि पुन प्यानलकै वर्चश्व रहेको छ । उपसभापतिमा भुवनप्रसाद श्रेष्ठ ८४७ र राजु खनाल ७९२ मत ल्याइ विजयी भएका छन् । खनाल भने  संस्थापन निकट मानिन्छन् । अष्टभुजा पाठकले ७७२ र सुधाकर पाण्डेले ६६१ मत ल्याएर उपसभापतिमा पराजित भए ।

 महामन्त्रीमा विक्रम खनालले ८४४ र सुरेन्द्रराज आचार्यले ८३९ मत ल्याइ विजयी भएको निर्वाचन समितिले जनाएको छ । दुवैजना पौडेल निकट हुन् । 

सहमहामन्त्रीमा विष्णुप्रसाद खनाल ‘मुस्कान’ ८५९, खगराज पाण्डे ७७६ र महिला कोटामा निमा गिरी ८३० मत ल्याइ निर्वाचित भएका छन् । ती सबै पौडेल समूहकै हुन् । माया पुन ७५२, सरिता चौधरी ६८७ तथा लक्ष्मी नारायण शाह ६७६ मतसहित पराजित भएका छन् । 

शनिबार राति १२ बजेदेखि शुरु भएको मतगणना आज बिहान मात्र सकिएको हो । प्रदेश अधिवेशनमा कुल १ हजार ६३१ मत खसेको थियो । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये नौ जिल्ला सभापतिमा पनि पौडेल पक्षले सभापति जितेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ