arrow

अन्तिम पटक सभापति बनेर काम गर्ने इच्छा छ : देउवा

महाधिवेशनमा धेरै मान्छे उतारेर जनतालाई दुःख नदिने देउवाको भनाइ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २० सोमबार
pm-deuba-baluwatar-meet-2078.jpg

काठमाडौं । प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अन्तिम पटक सभापति बनेर काम गर्ने इच्छा ब्यक्त गरेका छन् ।

सोमबार प्रधानमन्त्री निवास वालुवाटारमा संचारकर्मीहरुसँग कुरा गर्दै विधानबमोजिक एक पटक सभापति बनेर अझ राम्रो काम गर्ने बताएका हुन् ।

पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै आफू प्रधानमन्त्री समेत रहेकाले अन्तिम पटक सभापति भएर काम गर्ने मन भएकाले सबै साथीहरुलाई आग्रह गरिरहेको जानकारी दिए ।

उनले भने,‘विधानबमोजिम एक पटक सभापति बन्न चाहेको छु । मुलुकमा लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि धेरै कामहरु गर्न बाँकी छन् । त्यसैले सभापति बनेर अझ धेरै राम्रो काम गर्ने मन छ ।’

कांग्रेसको १४औं महाधिवेशनमा कांग्रेसले धेरै मान्छे उतारेर जनतालाई दुःख नदिने बताए । कोरोनाको नयाँ भेरियन्ट आइसकेकाले जनतालाई सुरक्षित राख्ने जिम्मेवारी सरकारको भएकाले धेरै मान्छे उतार्नु सान्दर्भिक नहुने उनको भनाइ थियो । 

त्यस्तै देउवाले अहिलेको गठबन्धन चुनावसम्मका लागि मात्र भएको पनि जानकारी दिए । राष्ट्रियसभा चुनावपछि गठबन्धन के हुने भन्नेबारे छलफल नभएको उनले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ