arrow

आङ सान सुकीलाई चार वर्षको जेल सजाय

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २० सोमबार
aung-san-suki1.jpg

काठमाडौं। म्यानमारमा सत्ताबाट हटाइएकी नेतृ आङ सान सुकीलाई चार वर्षको जेल सजाय सुनाइएको छ । बीबीसीका अनुसार उनीमाथि आजीवन कारावासको सजाय हुनसक्ने शृङ्खलाको यो पहिलो फैसला हो।

प्राकृतिक प्रकोप कानुन अन्तर्गत असहमति भड्काउने र कोभिड सम्बन्धी नियमहरू तोडेको आरोपमा उनलाई  दोषी ठहर गरिएको छ । नेतृ सुकीमाथि विभिन्न ११ वटा आरोप लगाइएको छ, उनले ती सबै आरोप अस्वीकार गरेकी छन्।

गत फेब्रुअरीमा म्यानमारका सेना प्रमुखले सैन्य कु गर्नुअघि ७६ वर्षीय नेतृ सुकीले जन निर्वाचित सरकारको नेतृत्व गरिरहेकी थिइन्। नेतृ सुकीमाथि गत वर्ष भएको आम निर्वाचनमा मतदाता धाँधलीको आरोप लगाउँदै सेना सत्ता कब्जा गरेको थियो।

त्यसयता सुकीलाई घरमै नजरबन्द राखिएको छ। उनीमाथि विभिन्न किसिमका भ्रष्टाचार, आधिकारिक गोप्य ऐन उल्लङ्घन र सार्वजनिक अशान्ति भड्काउने जस्ता धेरै आरोपहरू लगाइएको छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ