arrow

म्युनिसिपल एयरपोर्टबाट उडेको विमान दुर्घटना : चार व्यक्तिको घटनास्थलैमा मृत्यु 

logo
सिन्ह्वा,
प्रकाशित २०७८ मंसिर २० सोमबार
Mexico-plane-crash.jpg

अमेरिका । अमेरिकाको क्यालिफोर्नियामा भएको जहाज दुर्घटनामा परी कम्तीमा पनि चार जनाको ज्यान गएको छ । प्राप्त समाचारमा सो जहाज सानो आकारको र एक मात्र इन्जिनको रहेको थियो । 

क्यालिफोर्नियाको लस एन्जलसबाट करिब ३२० किलोमिटर उत्तरी क्षेत्रमा सो जहाज दुर्घटनाग्रस्त भएको थियो । यहाँको स्थानीय भिसिला म्युनिसिपल एयरपोर्टबाट उडेको केही क्षणमा नै सो विमान दुर्घटनामा परेको थियो ।

सो जहाज छ सिट क्षमताको थियो र त्यसमा रहेका चार जना व्यक्तिको घटनास्थलैमा ज्यान गएको थियो ।  दुर्घटनामा परेर ज्यान गुमाएकाहरूको पहिचान खुल्न सकेको छैन । 

अधिकारीहरूले सो घटनाको अनुसन्धान जारी रहेको बताएका छन् । यस विषयमा थप जानकारी प्राप्त हुन सकेको छैन ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ