arrow

पैगम्बर मुहम्मदको निन्दा गरेको भन्दै श्रीलंकाली नागरिकको हत्यापछि पाकिस्तानमा विरोध प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २० सोमबार
pakistan-kill.jpg

काठमाडौं । मुस्लिम धर्मका संस्थापक पैगम्बर मुहम्मदको निन्दा गरेको आरोप लगाउँदै पाकिस्तानमा एक समूहले श्रीलंकाली नागरिकको हत्या गरेपछि त्यसको विश्वव्यापी निन्दा एवं पाकिस्तानमा विरोध प्रदर्शन भइरहेको छ ।

पाकिस्तानको सियालकोट सहरमा फ्याक्ट्री म्यानेजर रहेका ४८ वर्षीय प्रियन्था दियावडानागेलाई शुक्रबार कुटपिट गरी हत्या गरी शव जलाइएको थियो । उनीमाथि पैगम्बर मुहम्मदको तस्बीर रहेको पोस्टर च्यातेको आरोप लागेको थियो । तर, उनले भने भित्ता सफा गर्नुपर्ने भएका कारण पोस्टर निकालेको बताइएको छ ।

घटनापछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो देशका लागि लज्जाको दिन भएको टिप्पणी गरेका थिए । हालसम्म घटनामा संलग्न १०० भन्दा बढीलाई पक्राउ गरिएको बताइएको छ ।

श्रीलंकामा रहेका मृतकका परिवारले एवं उनकी पत्नी निलुशी दिसानायकाले श्रीलंका र पाकिस्तान सरकारलाई घटनामाथि पूर्ण अनुसन्धान गर्न आग्रह गरेकी छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ