arrow

अमेरिकी राष्ट्रपति पदका पूर्व उम्मेदवार बब डोलको निधन

logo
एएफपी,
प्रकाशित २०७८ मंसिर २० सोमबार
bob dole.jpg

वासिङ्टन । सन् १९९६ मा राष्ट्रपति पदका एक उम्मेदवार अमेरिकी नेता बब डोलको ९८ वर्षको उमेरमा निधन भएको छ । उनी फोक्सोको क्यान्सरबाट पीडित थिए । राष्ट्रपति जो बाइडेनले अमेरिकाका दुई प्रमुख राजनीतिक दलका तर्फबाट डोलप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले डोल ‘प्रिय मित्र’ र ‘आफूहरूको इतिहासमा कमै देखिएका अमेरिकी राजनीतिज्ञ’ रहेको बताएका छन् ।

डोल लामो समयसम्म क्यानसस राज्यलाई प्रतिनिधित्व गर्ने सिनेटर थिए । राष्ट्रपतीय निर्वाचनमा उनले डेमोक्र्याटिक दलका नेता बिल क्लिन्टनसँग प्रतिस्पर्धा गरेका थिए । उनी दोस्रो विश्व युद्धमा सहभागी सैन्य अधिकारी समेत रहेको यसै क्रममा झन्डै उनले ज्यान गुमाउनु परेको समाचारमा जनाइएको छ ।

डोलको निधनको खबर उनकी पत्नीको प्रतिष्ठानले सार्वजनिक गरेको थियो । जसमा उनले ७९ वर्षसम्म इमानदारीपूर्वक संयुक्त राज्य अमेरिकाको सेवा गरेको उल्लेख गरिएको छ ।सन् १९९६ को राष्ट्रपतीय निर्वाचनका प्रतिद्वन्द्वी पूर्व राष्ट्रपति बिल क्लिन्टनले डोलको उदाहरणले “आजका र आगामी पुस्ताका मानिसहरूलाई प्रेरित गर्नुपर्छ“ भनेका छन् । 

पूर्व राष्ट्रपति जर्ज डब्ल्यु बुशले डोलले अमेरिकी मूल्यमान्यताहरूको उत्कृष्ट प्रतिनिधित्व गरेको बताएका छन् । पूर्व राष्ट्रपति बाराक ओबामाले डोललाई 'युद्ध नायक, राजनीतिक नेता र एक राजनेता' को संज्ञा दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ