arrow

ताइवानलाई छोडेर चीनलाई मान्यता दिने सोलोमनका प्रधानमन्त्री जोगिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २० सोमबार
soloman.jpg

काठमाडौं । सोलोमन टापुका प्रधानमन्त्री मनसेह सोगावरे अविश्वासको मतबाट जोगिएका छन् । उनको पक्षमा ३२ र विपक्षमा १५ सांसदले भोट गरेका हुन् । सन् २०१९ मा सोलोमन टापुका प्रधानमन्त्री सोगावरेको सरकारले ताइवानलाई छोडेर मुख्य चीनको मान्यता अहिलेको चीनलाई दिएको थियो । 

दशकौंसम्म ताइवानलाई मान्यता दिँदै आएको सोलोमनका प्रधानमन्त्री सोगावरेले भने ताइवानलाई छाडेर चीनलाई मान्यता दिने निर्णय गरेका थिए । सो निर्णयपछि प्रधानमन्त्री सोगावरे नेतृत्वको सोलोमन सरकारविरुद्ध देशव्यापी ठूलो प्रदर्शन भएको थियो ।

सोही कारण प्रधानमन्त्री सोगावरेले अविश्वासको मतको सामना गर्नु परेको थियो । चीन धनी र शक्तिशाली राष्ट्र भएकै कारण सोलोमनले ताइवानलाई छाडेर मान्यता दिएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ