arrow

भारत-रुसबीच एके-२०३ राइफल सम्झौतामा हस्ताक्षर, १० वर्षका लागि सैन्य सहयोग नवीकरण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २० सोमबार
india-russia.jpg

काठमाडौं । भारतको उत्तर प्रदेश स्थित अमेथी क्षेत्रमा रहेका उद्योगमा संयुक्तरुपमा एके-२०३ राइफल बनाउने सम्झौतामा हस्ताक्षर भएको छ । यस्तै दुवै देशबीचको सैन्य सहयोग थप १० वर्ष अर्थात् सन् २०३१ सम्मका लागि लम्ब्याइएको छ ।

सोमबार भारतीय रक्षा मन्त्री राजनाथ सिंह र उनका रुसी समकक्षी सर्गेई शोइगुबीच भएको द्विपक्षीय बैठकले यो सम्झौतामा हस्ताक्षर गरेको हो। 

'रुसको बलियो सहयोगलाई भारतले गहिरो प्रशंसा गर्दछ। हामीबिचको सहकार्यले सम्पूर्ण क्षेत्रमा शान्ति, समृद्धि र स्थायित्व ल्याउने विश्वास लिएका छौँ। साना हतियार र सैन्य सहयोग सम्बन्धी विभिन्न सम्झौता प्रोटोकलमा हस्ताक्षर भएकोमा खुसी लागेको छ,' बैठकपछि भारतीय रक्षा मन्त्री राजनाथ सिंहले ट्विट गर्दै भनेका छन् ।

आजै साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ