arrow

भारतमा ओमिक्रोनका संक्रमित २४ पुगे

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २१ मंगलबार
omicron-corona-virus.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट संक्रमित हुनेको संख्या २४ पुगेको छ । संक्रमितमा सबैभन्दा बढी ११ जना महाराष्ट्रका हुन् । 

त्यस्तै राजस्थानका ९, कर्नाटकका २ तथा दिल्ली र गुजरातका १–१ जना हुन् । महाराष्ट्र सरकारले राज्यमा एक ३७ वर्षीय व्यक्तिमा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २४ पुगेको हो । उनी २५ नोभेम्बरमा दक्षिण अफ्रिकाबाट फर्केका थिए । 

दक्षिण अफ्रिकामा नयाँ भेरियन्ट ओमिक्रोन फैलिएको हो । यो तीव्र गतिमा फैलिइरहेको छ । केन्द्र सरकारका अनुसार भने कुल संक्रमितको संख्या २३ बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ