arrow

जातीय दङ्गामा परी ४८ जनाको गयो ज्यान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २१ मंगलबार
sudans.jpg

खार्तोम । सुडानको पश्चिमी डारफोर क्षेत्रमा जातीय दङ्गामा परेर कम्तीमा पनि ४८ जनाको ज्यान गएको बताइएको छ । यहाँको एक गैरसरकारी संस्थाले सो कुराको जानकारी दिएको छ । 

सोमबार यहाँको सो संस्थाले प्रकाशन गरेको विज्ञप्तिमा उक्त क्षेत्रमा २ दिनयता भएका यी जातीय हिंसामा परेर ती नागरिकको ज्यान गएको पाइएको छ ।

अधिकारीहरूले जनाएअनुसार ती क्षेत्रमा यहाँका स्थानीय जातिबीच झडप भएको थियो । यस झडपका क्रममा हतियारधारी उनीहरूले आपसमा हमला गरेका थिए । दक्षिणी डारफोरको किरानीक भन्ने स्थानमा हतियारधारीहरूले हमला गरेका र त्यसमा परेर ४८ जनाको ज्यान गएको र अरू दर्जनौँ व्यक्ति घाइते भएका छन् ।

सो संस्थाका अनुसार मृत्यु हुने व्यक्तिको सङ्ख्या अझै यकिन हुन सकेको छैन । अरू कैयौँको ज्यान गएको पनि आशङ्का गरिएको सो विज्ञप्तिमा जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ