arrow

कम्बोडियाका शक्तिशाली नेता म्यानमार जाने

logo
एएफपी,
प्रकाशित २०७८ मंसिर २१ मंगलबार
cambodia-map-vector.jpg

नोमपेन्ह् । कम्बोडियाका शक्तिशाली नेता हुन सेनले म्यानमारको भ्रमण गर्ने भएका छन् । झण्डै तीस बर्षदेखि एकछत्र शासन गर्दै आएका हुन सेनले सैन्य शासन लागु भएको म्यानमारको भ्रमण गर्न लाग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

कम्बोडियाका प्रधानमन्त्री समेत रहेका हुन सेनले आगामी जनवरीमा म्यानमारको भ्रमण गर्ने तय भएको उनका प्रवक्ताले मंगलबार जानकारी दिएका छन् ।
 
म्यानमारमा सेनाले सत्ता कब्जा गरेपछि विदेशी नेताको यो नै पहिलो भ्रमण हुने भएको छ । म्यानमारको सेनाले गत फेब्रुअरी १ मा देशका शिर्ष नेता तथा उच्च अधिकारीहरुलाई बन्धक बनाउदै सत्ता नियन्त्रणमा लिएको थियो । 

पूर्व सैन्य कमाण्डर हुन सेनले सन् १९८५ देखि कम्बोडियामा शासन गर्दै आउनु भएको छ । उहाँ विश्वमै सवैभन्दा लामो समय शासन गर्ने नेतामा पर्छन् । 

अन्य धेरै देशहरुले सहयोग र सहकार्य बन्द गरेको म्यानमारसँग हुन सेनले सहकार्य बढाउन भ्रमण गर्न लागेको प्रवक्ताको भनाई छ । जुन्ता सरकारसँग सँगसगै काम गर्ने योजनाका साथ उहाँले भ्रमण गर्न लाग्नु भएको हो,” हुन सेनका प्रवक्ताले भने । 

संसार भरीबाट सैन्य शासनको विरोध भइरहेको बेला त्यही देशको भ्रमण गर्ने र त्यही शासकसँग सहकार्य गर्ने हुन सेनको योजनालाई कुटनीतिक क्षेत्रमा चासोका साथ हेरिएको छ ।
 
म्यानमारका विदेश मन्त्री वुन्ना मौङले मंगलबार नोमपेन्हमा हुन सेनसँग भेटवार्ता गर्दा म्यानमार भ्रमणको विषयमा छलफल भएको जनाइएको छ । भेटवार्ताका क्रममा म्यानमारका विदेश मन्त्रीले हुन सेनलाई म्यानमार भ्रमणका लागि औपचारिक रुपमा निमन्त्रणा गरेका थिए । 

उनको भ्रमण जनवरी ७ देखि ८ सम्म हुने तय भएको अधिकारीहरुले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ