arrow

तीन वर्षमा पाकिस्तानी रुपैयाँको मूल्यमा उच्च गिरावट

logo
एएनआई
प्रकाशित २०७८ मंसिर २१ मंगलबार
pakistan-money.png

इस्लामवाद, पाकिस्तान । अमेरिकी डलरभन्दा पाकिस्तानी रुपैयाँको मूल्यमा विगत तीन वर्षको समयमा ३०.५ प्रतिशतले घटेको पाकिस्तानका सञ्चारमाध्यमहरूले जनाएका छन् । 

सञ्चारमाध्यमबाट बाहिरिएको यो दाबीलाई आधार मान्ने हो भने पाकिस्तानको इतिहासमा यो तीन वर्षमा मुद्राको सबैभन्दा उच्च अवमूल्यनमध्ये एक हो । सन् २०१८ को अगस्टमा अमेरिकी डलरविरुद्ध १२३ रुपैयाँबाट बृहत् मूल्यह्रास भई सन् २०२१ डिसेम्बरमा अमेरिकी डलरको तुलनामा १७७ रुपैयाँले घटेको पाकिस्तानी सञ्चार संस्था ‘द न्युज इन्टरनेशनल’ले जनाएको छ । पछिल्लो ४० महिनामा यो ३०.५ प्रतिशतको गिरावट भएको दन्यूजले विभिन्न तथ्याङ्कलाई उद्धृत गरी उल्लेख गरेको छ ।

पाकिस्तानबाट ढाका स्वतन्त्र भएको समय सन् १९७१-७२ पाकिस्तानको मुद्रा अमेरिकी डलरसँग ४.६० रुपैयाँबाट ११.१० रुपैयाँ अर्थात् ५८ प्रतिशतले ह्रास भएको थियो । यो पाकिस्तानको इतिहासमा मुद्राको सबैभन्दा उच्च अवमूल्यन थियो । 

मुद्राको हालैको अवमूल्यन अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)द्वारा पाकिस्तानी आर्थिक गतिविधिमा आधारित भएर निर्धारण गरिएको स्वतन्त्र अर्थशास्त्रीहरूले बताएका छन् । उनीहरूले यसको बृहत् अर्थतन्त्रका आधारभूत कुराहरूसँग भने कुनै सम्बन्ध नभएको जोड दिए । 
 
पाकिस्तानको वित्तीय नीति मौद्रिक तथा विनिमय दरका नीतिहरू अधीनमा रहँदा यहाँको आर्थिक नीति निर्माणमा पूर्ण रूपले कमजोरी देखिएको पाकिस्तानी अर्थशास्त्री डा. अशफाक हसन खानले बताए ।

मौद्रिक कडाइ र विनिमय दर अवमूल्यनका कारण मुद्रास्फीति उच्च हुने, सार्वजनिक ऋण तथा कर्जा सेवा ग्राह्य हुनेतर्फ जोड दिँदै एक प्रतिशत मौद्रिक कडाइले पाकिस्तानको सन्दर्भमा मुद्रास्फीतिको चाप १.३ प्रतिशतले वृद्धि भएको भन्ने अनुभव र विभिन्न प्रमाणले देखाएको उनले बताए । 

भारतीय रुपैयाँ र बङ्गलादेशी टाकाजस्ता अन्य क्षेत्रीय मुद्राहरूको तुलनामा पाकिस्तानी मुद्राले अमेरिकी डलरविरुद्ध ठुलो ह्रास व्यहोरेको उनको भनाइ छ । अर्थशास्त्रीहरूले गरेका केही अध्ययनहरूले मासिक आधारमा मुद्रास्फीति ११.५ प्रतिशत रहेको देखिएको छ जुन झन्डै दुई प्रतिशत विनिमय दरको मूल्यह्रासबाट आह्रसएको द न्युज इन्टरनेशनलमा उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ