arrow

नीतिप्रति इमानदार बन्न सैन्यविद्लाई किमले दिए कडा निर्देशन

logo
सिन्ह्वा,
प्रकाशित २०७८ मंसिर २१ मंगलबार
kim-jong.jpg

प्योङयाङ । उत्तर कोरियाका शीर्ष नेता किम जोङ उनले सैन्यविद्हरूलाई कडा निर्देशन दिएका छन् । किमले सैन्यविद्हरूलाई सत्तारुढ मजदुर पार्टी अफ कोरिया (डब्लुपीके)लाई ‘पूर्ण निष्ठा’का साथ कडा निर्देशन दिएको कोरियाली केन्द्रीय समाचार एजेन्सी (केसीएनए) ले मङ्गलबार जनाएको छ ।

किमले शनिवार र आइतबार प्योङयाङमा सम्पन्न कोरियाली जनसेना (केपीए) का विज्ञहरूको आठौँ भेलामा उक्त भनाइ राखेका हुन् । 

उत्तर कोरियाली सत्ताधारी दल ‘वर्कस पार्टी अफ कोरिया (डब्ल्यूपीके)’ का महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष किमले पार्टीको विचार र नेतृत्वप्रति अथाह निष्ठावान् हुन र सैन्य शिक्षालाई व्यवस्थित र उपलब्ध गराउन सबै सैनिक शिक्षाविद्हरूलाई तयार गर्नुपर्नेमा जोड दिएका हुन् ।

यो कोरियाली सैन्यविद्लाई लक्षित पार्टी विचार, नीति र पद्धतिप्रति इमानदार बन्न दिइएको कडा निर्देशन हो । 

रिपोर्टअनुसार सैन्यविद्हरू आफ्नो महान् कार्य र कर्तव्यबारे गम्भीर रूपमा चनाखो रहनु पर्नेमा सर्वोच्च नेताले जोड दिए । सप्ताहान्तको सम्मेलनमा सैन्य जनशक्ति, केपीएको जनरल पोलिटब्युरोका वरिष्ठ अधिकारीहरू र जनरल स्टाफ तथा अन्य सम्बन्धित अधिकारीहरू उपस्थित रहेका केसीएनएले बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ