arrow

आममाफीबारे सरकारको निर्देशन नमान्नेलाई दण्ड दिइने तालिबान नेताको भनाइ

logo
एएनआई,
प्रकाशित २०७८ मंसिर २१ मंगलबार
taliban-afgan.jpg

काबुल, अफगानिस्तान । ह्युमन राइट्स वाचले हालै जारी गरेको रिपोर्टप्रति प्रतिक्रिया जनाउँदै तालिबानले आम माफीको निर्देशन उल्लङ्घन गर्ने कुनै पनि इस्लामी इमिरेट्स सदस्य (अफगानी) लाई अभियोग लगाएर दण्ड दिइने तालिबान नेता तथा अफगान सरकारका प्रवक्ताले बताएका छन् ।

तालिबान समूहले गत अगस्ट १५ मा राजधानी काबुलसहितका अधिकांश भू–भाग नियन्त्रणमा लिएपछि नयाँ प्रशासनले पुरानो सत्तालाई सघाएका कर्मचारी, सुरक्षा अधिकारीलगायत सबैलाई आममाफी दिइने र सबैलाई विश्वासमा लिएर सरकार सञ्चालन गर्ने घोषणा गरेको थियो । 

तालिबान समूहको उक्त भनाइपछि पनि करिब १०० भन्दा बढी सुरक्षाकर्मी मारिएका वा बेपत्ता पारिएका भन्ने ‘ह्युमन राइट्स बाच (एचआरडब्ल्यू)’ को रिपोर्टपछि तालिबान सरकारका अधिकारीको यो भनाइ आएका हो ।

गत हप्ता एउटा रिपोर्टमा एचआरडब्ल्यूले अफगानिस्तानको तालिबान सरकारले घोषणा गरेको आम माफीपछि पनि तालिबान समूहका स्थानीय कमान्डरहरूले पूर्व अफगान सुरक्षा बलका सदस्यहरूलाई मृत्युदण्ड दिन वा बेपत्ता पार्ने क्रम नरोकिएको बताएको केही दिन पछि सरकारी अधिकारीको यो भनाई सार्वजनिक भएको हो । 

टोलो न्युजका अनुसार उक्त रिपोर्टपछि संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ र अन्य २० देशका सरकारहरूले एचआरडब्ल्यूको रिपोर्टबारे तालिबान अधिकारीसँग चासो मानवअधिकार उल्लङ्घनबारे चासो व्यक्त गरेका थिए । 

विदेश मन्त्रालयका प्रवक्ता अब्दुल कहार बाल्खीद्वारा गरिएको ट्विटमा भनिएको छ, “मुजाहिद्दिन माफी निर्देशन कार्यान्वयन गर्न पूर्णतया प्रतिबद्ध छन् र पहिलेको प्रशासनका कर्मचारीहरूलाई उनीहरूको पूर्व विरोधको लागि सताइएको छैन । इस्लामिक इमिरेट्सको सुधार आयोगले भने सुरक्षा फौजका पूर्व सदस्यको हत्याका कुनै पनि घटना दर्ता नभएको जनाएको छ । 

आयोगले भनेको छ, “इस्लामिक इमिरेट्स (अफगानिस्तान) का कुनै पनि शक्तिहरूले पूर्व प्रशासनसँग काम गरेकै आधारमा नागरिक वा पूर्व सरकारी अधिकारीलाई कारबाही गरेको वा सताएको भन्ने कुनै गुनासो हामीले प्राप्त गरेका छैनौँ । उक्त रिपोर्टमा पूर्व सुरक्षा बलको हत्या इस्लामी अफगान सरकारको निर्देशन विपरीत भएको उल्लेख गरिएको छ । राजनीतिक विश्लेषक अहमद खान अण्दरले भने, “इस्लामिक इमिरेट्सले दिएको आम माफीको निर्देशन सबैले पालना गरेका छन् ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ