arrow

पाकिस्तान सङ्कटमा : दूतावास चलाउन पैसा नभएपछि तलब नपाउँदा कर्मचारीले छोडे जागिर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २१ मंगलबार
Imran-Khan-PTI2_19_2019_000174B1.jpg

काठमाडौँ । गत महिना पाकिस्तानका राष्ट्रपति इमरान खान आफैले देश चलाउन पैँसा नभएको टिप्पणी गरेका थिए। उनले कर नउठ्ने एवं ऋण बढेका कारण देश चलाउन पैँसा नभएको बताएका थिए।

यसबीच पाकिस्तानलाई विदेशमा रहेका दूतावास सञ्चालन गर्न समेत पैँसा नभएको कुरा बाहिरिएको छ। दूतावास सञ्चालन गर्न एवं दूतावासका कर्मचारीलाई महिनौँसम्म तलब दिन नसकेपछि कर्मचारीहरूले जागिर छोड्न थालेका हुन्।

पाकिस्तानी समाचार वेबसाइट दि न्युजका अनुसार अमेरिका स्थिति पाकिस्तानी दूतावासमा काम गरिरहेका ५ कर्मचारीहरूलाई अगस्त महिनाको तलब मिलेको थिएन। तलबमा ढिलाइ भएपछि पाँचमध्ये एक कर्मचारीले जागिर छोडेका हुन्।

पाकिस्तानी दूतावासले स्थानीय रूपमा राख्ने कर्मचारीहरूलाई अमेरिकी नियम अनुसार मासिक २ हजारदेखि २५ सम अमेरिकी डलर तलब दिनुपर्छ। पाकिस्तानले अहिले कर्मचारीहरूलाई तलब दिन ऋण निकालिरहेको बताइएको छ।

गत अक्टोबरमा दूतावासका कर्मचारीहरूले तलबकै लागि दूतावासलाई पत्र पठाएको र सो पत्र इस्लामवाद आएपछि उनीहरूलाई तलब मिलेको बताइएको छ।

गत हप्ता मात्रै सर्बिया स्थिति पाकिस्तानी दूतावासको ट्विटर हेन्डलबाट पनि बिना तलब कति काम गर्न सकिन्छ भन्दै ट्विट गरिएको थियो। तर, पाकिस्तानी विदेश मन्त्रालयले पछि सो अकाउन्ट ह्याक भएको टिप्पणी गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ