arrow

बेलायत : ओमिक्रोनका सय बढी संक्रमित भेटिए, सतर्कता अपनाउन आग्रह

logo
सिन्ह्वा,
प्रकाशित २०७८ मंसिर २२ बुधबार
corona-virus-omicron.JPG

लन्डन । बेलायतमा मङ्गलवार कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका १०० भन्दा बढी संक्रमित भेटिएको बताइएको छ ।

यहाँका स्वास्थ्य अधिकारीहरूले मङ्गलवार दिएको जानकारीअनुसार यो भाइरसका १०० जना भन्दा बढी संक्रमित बेलायतमा देखिएका छन् ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले यस विषयमा मङ्गलवार यहाँको मन्त्रिपरिषद्को बैठकमा जानकारी गराएका थिए ।

साथै प्रधानमन्त्री जोन्सनले यो समेत गरी बेलायतमा ओमिक्रोनका ४३७ जना संक्रमित भेटिएका जानकारी पनि दिएका थिए । उनले बेलायतका स्वास्थ्य अधिकारीहरूले अनुसन्धानलाई जारी राखेका र अहिलेको प्रारम्भिक तथ्याङ्कले यो भाइरस यस अघिको डेल्टा भाइरसभन्दा निकै रफ्तारमा फैलिने खालको रहेको आफूलाई जानकारी गराएका बताएका थिए ।

हालै अफ्रिकामा देखिएर विश्वका अरू देशसम्म पुगेको भनिएको कोरोना भाइरसको यो भेरियन्ट बेलायतमा पनि केही दिन मात्र अघि देखिएको थियो। 

प्रधानमन्त्री जोन्सनले देशव्यापी रूपमा नागरिकहरूलाई अघिल्लो डेल्टा भन्दा यो भाइरस निकै खतरनाक रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ