arrow

विपिन रावत गम्भीर, अस्पताल भर्ना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २२ बुधबार
bipin-rawat-759.jpg

काठमाडौँ । भारतीय सुरक्षा प्रमुख (सीडीएस) विपिन रावत सवार सेनाको एमआई १७ हेलिकप्टर दुर्घटनामा परेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार विपिन रावत सुरक्षित रहेको र गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ ।

घटनाको एक घण्टापछि जनरल रावतलाई वेलिङ्गटन स्थित सैन्य अस्पताल लगिएको जानकारी दिइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले सो जानकारी दिएका हुन् । सो घटना बारे रक्षामन्त्री राजनाथ सिंहले संसद्मा जनाकारी गराउँदै छन् । 

 सञ्चारमाध्यमले जनरल विपिन रावत गम्भीर घाइते भएको दाबी गरिरहेका छन् । रावत पूर्व भारतीय सेना प्रमुख समेत रहेका थिए । रावतले ३१ डिसेम्बर २०१६ देखि ३१ डिसेम्बर २०१९ सम्म सेना प्रमुखको पद सम्हालेका थिए। उनले १ जनवरी २०२० मा चीफ अफ डिफेन्स स्टाफको पदभार ग्रहण गरेका थिए।
 
रावतसहित उच्च अधिकारी चढेको हेलिकप्टर तामिलनाडुको निलगिरी नजिकै कुन्नर भन्ने ठाउँमा दुर्घटनामा परेको थियो । दुर्घटनाग्रस्त हेलिकप्टरमा रावतसहित १४ जना सवार रहेको बताइएको छ ।

हेलिकप्टरमा सेना प्रमुख रावतकी पत्नी, रक्षा सहयोगी समेत रहेको बताइएको छ । घटनास्थलबाट चार जनाको जलेको अवस्थामा शव भेटिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ