arrow

जर्मन चान्सलरमा ओलाफ स्कोल्ज निर्वाचित 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २२ बुधबार
olaf-scolz.jpg

काठमाडौं । जर्मन चान्सलरमा ओलाफ स्कोल्ज निर्वाचित भएका छन् । बुधबार संसद्मा भएको मतदानमा ७३६ प्रतिनिधि मध्ये ३९५ मत पाउँदै उनी एन्जेला मर्केलको उत्तराधिकारी बनेका हुन् ।

झन्डै १६ वर्ष निरन्तर जर्मनीको चान्सलर रहेकी विश्व चर्चित नेतृ मर्केल बिदा हुने भएपछि अहिले ओलाफ चान्सलरमा निर्वाचित भएका हुन् । 

वर्तमान अर्थ मन्त्री समेत रहेका ओलाफलाई बुधवारको संसद् बैठकले चान्सलरमा निर्वाचित गरेको हो । उनी निर्वाचित भएसँगै वर्तमान चान्सलर एन्जेला मर्केलको उत्तराधिकारीको रूपमा उदय भएको छ ।

ओलाफको पार्टी एसपीडीले गत हप्ता ग्रिन्स एण्ड लिबरल फ्री डेमोक्रेटस् (एफडीपी)सँग गठबन्धन गरेसँगै ह्याम्बर्गका पूर्व मेयर एवं अर्थमन्त्रीसमेत रहेका ओलाफ चान्सलर बन्ने सुनिश्चित भइसकेको थियो ।

यसअघि चान्सलर मर्केल नेतृत्वको पहिलो सरकारमा ओलाफ सन् २००७ देखि २००९ सम्म श्रम मन्त्री, सन् २०१५ मा भाइस चान्सलर र अर्थमन्त्री बनेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ