arrow

युक्रेनको समस्यालाई लिएर बाइडेन र पुटिनबीच वार्ता

logo
सिन्ह्वा,
प्रकाशित २०७८ मंसिर २२ बुधबार
biden-putin.jpg

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच वार्ता भएको छ ।  युक्रेन समस्या समाधानका लागि सुरक्षा सम्मेलन भएको अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सलीभेनले बताएका छन् ।

सलीभेनका अनुसार सम्मेलनमा बाइडेनले युक्रेनको सार्वभौमिकता र भूखण्डको अक्षुण्णतालाई समर्थन गर्ने अमेरिकाको अडानलाई दोहोर्‍याएका थिए। युक्रेनलाई अतिरिक्त प्रतिरक्षात्मक प्रबन्ध उपलब्ध गराउने योजना अमेरिकाको छ ।

रुसी राष्ट्रपतिको प्रेस वेबसाइटमा पनि पुटिन र बाइडेनबीच बुधबार वार्ता भएको जानकारी गराइएको छ । 

उक्त भिडियो वार्तामा दुवै देशका नेताहरूले निरन्तर रूपमा सन् २०२१ को जुन महिनामा सम्पन्न भएको जेनेभा भेटवार्ताको उपलब्धिलाई व्यवहारमा उतार्दै जाने विषयबारे चर्चा भएको पनि बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ