arrow

चिनियाँ प्रभावलाई चुनौती दिन ईयूद्वारा ३ सय बिलियन युरो लगानी गर्ने घोषणा

logo
एजेन्सी,
प्रकाशित २०७८ मंसिर २२ बुधबार
eu-flags.jpg

ब्रसेल्स। युरोपियन युनियनले चिनियाँ प्रभावलाई रोक्नका लागि ३०० बिलियन युरो लगानी गर्ने घोषणा गरेको छ। ईयूले चीनको बेल्ट एण्ड रोड रणनीतिको वास्तविक विकल्पको रूपमा वर्णन गरिएको विश्वव्यापी लगानी योजनाको विवरण सार्वजनिक गर्दै उक्त लगानीको घोषणा गरेको हो।

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले ग्लोबल गेटवे योजना विश्वस्त ब्रान्ड बन्नुपर्ने बताएकी छन्। चीनले रेल, सडक र बन्दरगाहका लागि आर्थिक सहयोग गरेको छ तर केही देशहरूलाई ऋणमा डुबाएको आरोप लगाउँदै चिनियाँ जालमा नफस्न पनि मुलुकहरूलाई आग्रह गरेकी छन्।

आयोग प्रमुखले देशहरूलाई दिगो परियोजनाहरू डिजाइन गर्न विश्वसनीय साझेदारहरू आवश्यक पर्ने बताउँदै ईयूले त्यसका लागि पहल गरेको जानकारी दिएकी हुन्। उनले सदस्य राष्ट्रहरू, वित्तीय संस्थाहरू र निजी क्षेत्रबाट प्राप्त अर्बौँ युरो कसरी उठाउन सकिन्छ भनेर पनि मूल्याङ्कन गरिरहेको बताएकी छन्। यसले ठुलो मात्रामा अनुदानको सट्टा ग्यारेन्टी वा ऋणको रूप लगानी गर्ने बताएकी छन्। 

भोन डर लेयनले फरक, लोकतान्त्रिक दृष्टिकोणले जलवायु परिवर्तनसँग जुध्नका साथै विश्वव्यापी स्वास्थ्य सुरक्षा र विकासोन्मुख देशहरूको दिगो विकासमा केन्द्रित परियोजनाहरू प्रदान गर्नका लागि यो योजना सार्वजनिक गरिएकोसमेत जानकारी गराएकी छन्। 

परियोजनाहरू उच्च गुणस्तरको हुनुपर्ने, उच्च स्तरको पारदर्शिता र सुशासनको साथ, र संलग्न देशहरूका लागि ठोस नतिजाहरू प्रदान गर्नुपर्नेमा उनले जोड दिएकी छन्। 

चीनको रणनीति अफ्रिका, एसिया, इन्डोप्यासिफिक र ईयूमा पनि पुगेको छ। चीनको कोस्को कम्पनीले पिरायसमा रहेको विशाल ग्रीक कन्टेनर पोर्टको दुई तिहाइको स्वामित्व लिएको र चाइना रोड एण्ड ब्रिज कर्पोरेसनले क्रोएसियामा प्रमुख पुल निर्माण गरेको बताएकी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ