arrow

जलवायु प्रतिविद्धताको बाबजुद चीनले गर्‍यो बोस्निया र हर्जगोभिनामा कोइला पावर प्लान्टलाई आर्थिक सहयोग

logo
एजेन्सी,
प्रकाशित २०७८ मंसिर २२ बुधबार
coal-mine-china.jpg

वासिङ्टन। चीनले कार्बन उत्सर्जन घटाउने वाचा गरे पनि बोस्निया र हर्जेगोभिनामा कोइला पावर प्लान्ट स्थापनाका लागि आर्थिक सहयोग गरिरहेको एसियन न्यूज इन्टरनेशनल (एएनआई) ले रिपोर्ट गरेको छ।

चिनियाँ र पोलिस चिनियाँ फर्महरूले निर्माण गरिरहेको बाल्टिक राष्ट्रमा नयाँ कोइलाबाट चल्ने ऊर्जा केन्द्र उग्ल्जेभिक तेस्रोको लागि जग्गा तयार गरिएको र कोइला जलाउँदा गाउँका बासिन्दाहरूको स्वास्थ्यमा गम्भीर असर परेको एएनआईले वाशिंगटनमा आधारित पत्रिका द डिप्लोमेटलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ।

बेइजिङले जलवायु परिवर्तनलाई रोक्ने वाचा र राष्ट्रपति सी जिनपिङको हालै कोइला पावर परियोजनामा ​​आर्थिक सहायता रोक्ने वाचा गरे पनि चीनले उग्ल्जेविक र अन्य धेरै युरोपेली सहरहरूमा नयाँ पावर प्लान्ट स्थापनाको योजना बनाएको छ।

एएनआईका अनुसार एक चिनियाँ बैङ्कले बोस्निया र हर्जगोभिनामा कोइलाबाट चल्ने ऊर्जा परियोजनाहरूलाई वित्तपोषण गरिरहेको र जसको निर्माण कार्यहरू भइरहेको बताइएको छ। युरोपेली सङ्घले कानुनको उल्लङ्घनको लागि ऊर्जा निगरानी निकायले अनुसन्धान गरे पनि चीनमाथि भने कुनै कारबाही गरिएको छैन। 

अनुसन्धानकर्ता बावा वाङ र निल्स रेसारेले, द डिप्लोमेट पत्रिकाका लागि संयुक्त रूपमा लेख्दै, नयाँ कोइला पावर प्लान्टको निर्माण छिमेकी देशहरूको लागि अप्रिय र आश्चर्यजनक भएको र यसले ठुलो क्षति पुर्‍याउने बताएकी छन्। 

बोस्निया र हर्जेगोभिनामा कोइला परियोजनाहरूको अनुसन्धान सञ्चालन गर्ने एस्पो कन्भेन्सन (ट्रान्सबाउन्डरी सन्दर्भमा वातावरणीय प्रभाव मूल्याङ्कनसम्बन्धी महासन्धि) ले सीमा पार परामर्शहरू नगरेकोमा बाल्कन देशले पालना नगरेको गहिरो आशङ्का व्यक्त गरेको छ। 

एएनआईले द डिप्लोम्याट पत्रिकाको लेखलाई उद्धृत गर्दै इन्डोनेसिया, फिलिपिन्स र सर्बियामा चिनियाँ लगानीमा निर्माण हुने पावर प्लान्टको ठुलो जोखिम रहेको बताएको छ। यस वर्ष चिनियाँ सरकारी स्वामित्वका उद्यमहरूले घोषणा गरेका यी परियोजनाहरूको कुल अनुमानित क्षमता ३६४५ मेगावाट हुने भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ