arrow

सन् २००८ पछि जन्मेकाले न्यूजिल्याण्डमा जीवनभर चुराेट किन्न नपाउने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २३ बिहिबार
no-smoking.jpg

काठमाडौं । नयाँ पुस्ताका लागि सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाउन न्यूजिल्याण्डले नयाँ कदम चालेको छ । अब, त्यहाँ सन् २००८ पछि जन्मेका कुनै पनि नागरिकले जीवनभर चुरोट र सुर्तीजन्य पदार्थ किन्न पाउने छैनन् ।

यो कानुन सन् २०२२ देखि लागु हुने बताइएको छ । 'हामी यो सुनिश्चित गर्न चाहन्छौँ कि युवाहरूले कहिल्यै धूम्रपान गर्न नपरोस्, न्युजिल्याण्डकी स्वास्थ्य मन्त्री डा आयशा भेरलले,' भनिन्।

न्युजिल्याण्डकी स्वास्थ्य मन्त्रीले बिहीबार घोषणा गरेको धूम्रपानविरुद्धको यो एक व्यापक पहल हो । डाक्टरहरू र अन्य स्वास्थ्य विशेषज्ञहरूले सरकारको यो कदमको स्वागत गरेका छन् ।

ओटागो विश्वविद्यालयका प्रोफेसर जेनेट हुकले यो कदमले धेरैलाई धूम्रपान छोड्न र अन्य पदार्थको प्रयोग गर्नतिर धकेल्ने बताएका छन् । न्युजिल्याण्डले सन् २०२५ सम्म धूम्रपान गर्नेको जनसङ्ख्या ५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ ।

न्युजिल्याण्डमा अहिले १३ प्रतिशत युवाले धूम्रपान गर्ने गरेका छन् । जुन एक दशकअघि १८ प्रतिशत रहिआएको थियो । स्वास्थ्य मन्त्रीले चारमध्ये एक जनामा धूम्रपानकै कारण क्यान्सर हुने गरेको बताएकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ