arrow

प्रकाशमानले भने –सभापतिबाट पछि हट्दिन, उम्मेदवारी दर्ता गर्छु 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २३ बिहिबार
prakashman-singh.jpg.jpeg
तस्बिर– फाइल

काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतरबाट सभापतिका आकांक्षी प्रकाशमान सिंहले आफू पछि नहट्ने बताएका छन् । चाक्सीबारीस्थित आफ्नो निवासमा सञ्चारकर्मीहरुसँग बिहीबार कुरा गर्दैं नेता सिंहले फिर्ता हुनका लागि आफूले उम्मेदवारी घोषणा नगरेको बताए । 

उनले महाधिवेशन कार्यतालिका अनुसार आफूले उम्मेदवारी दर्ता गर्ने बताउँदै महाधिवेशनका प्रतिनिधिले बाँकी कुरा तय गर्ने बताए । नेताहरुले छलफल गरौं भनेको र आफूले न्याय पाउनुपर्छ भनेको उनले बताए । 

उनले आफू ब्याक हुनुपर्ने कुनै कारण नभएको बताए । यसअघिको महाधिवेशनमा आफू ब्याक भएको उनको भनाइ थियो। ‘१३ औं महाधिवेशनमा म ब्याक भएको हो नि सभापति र महामन्त्रीबाट’ उनले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ