arrow

चीन उइगरहरूमाथि गरिएको नरसंहारको विषयमा कुनै छलफल नहोस् भन्ने चाहन्छ

logo
एजेन्सी,
प्रकाशित २०७८ मंसिर २४ शुक्रबार
un-human-rights-michelle.jpeg
फाइल तस्बिर

बेइजिङ। संयुक्त राष्ट्र सङ्घको मानवअधिकार सम्बन्धी उच्चा योगको कार्यालयमा कार्यरत एक कर्मचारीलाई चीनको विरोध गर्ने र चीनमा भइरहेको मानवअधिकारका घटनाहरूको स्वतन्त्र अनुसन्धानको माग गर्ने व्यक्तिको नाम चीन सरकारलाई उपलब्ध गराएको आरोपमा राष्ट्रसङ्घले बर्खास्त गरेको छ। एक कर्मचारी र एक मानव अधिकार अधिवक्ता एम्मा रेलीमाथि चिनियाँ सरकारसँग असन्तुष्टहरूको नाम साझा गरेको आरोप लगाइएको छ। तर, उनले भने चीन सरकारसँग मिलेर काम गरिरहेकाहरूले आफूमाथि त्यस्तो आरोप लगाइएकोसमेत बताएकी छन्। 

उनले त्यसरी नाम चीन सरकारलाई उपलब्ध गराउँदा उनीहरूको जीवन र उनीहरूको परिवारलाई खतरामा पार्ने भएकोले आफूले त्यस्तो गर्न नसक्ने बताएकी छन्। उनले आफूमाथि भएको कारबाहीका लागि पनि स्वतन्त्र अनुसन्धान गरिनुपर्ने मागसमेत गरेकी छन्। 

रेलीले आरएफएको उइघुर सेवाका पत्रकार नुरिमान अब्दुरासिदसँग कुराकानीका क्रममा आफूमाथि भएको कारबाहीका लागि स्वतन्त्र अनुसन्धान हुनुपर्ने माग गर्दै आफ्नो काम गरिरहेको आफूलाई बर्खास्त गरेर राष्ट्रसङ्घले गलत गरेको बताएकी छन्। 

उनले त्यसरी नाम उपलब्ध गराउने अरू नै व्यक्ति भए पनि आफूमाथि आरोप लगाइएको र आफूले त्यसको आधिकारिक इमेल प्राप्त गरेपछि नै झस्किएको बताएका छन्। चीन सरकारले राष्ट्रसङ्घ लाई लेखेको पत्रमा चीन सरकारले आफूलाई नाम पठाइएका व्यक्तिहरू आवश्यक नभएको प्रतिक्रिया दिएको बताएका छन्। 

चीन सरकारले उइगरहरूमाथि पनि चरम दमन र नरसंहार गरिरहेको र त्यस विषयमा कुनै छलफल तथा स्वतन्त्र अनुसन्धानहरू नहोस् भन्ने चाहेको बताएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ