arrow

तिब्बती बालबालिकाहरूलाई दलाइ लामाबारे अध्ययन गर्न चिनियाँ प्रतिबन्ध

logo
एजेन्सी,
प्रकाशित २०७८ मंसिर २४ शुक्रबार
dalai-lama.jpeg
फाइल तस्बिर

बेइजिङ। चिनियाँ अधिकारीहरूले तिब्बती आध्यात्मिक नेता दलाइ लामाको विषयमा अध्ययन गर्न तिब्बती बालबालिकाहरूमाथि प्रतिबन्ध लगाएका छन्। चीनको छिङहाई प्रान्तका चिनियाँ अधिकारीहरूले तिब्बती बालबालिकालाई आध्यात्मिक नेता दलाई लामाको बारेमा पढ्न प्रतिबन्ध लगाएका हुन्। 

उत्तर पश्चिमी चीनको छिङहाइ प्रान्तका अधिकारीहरूले दलाई लामालाई बदनाम गर्ने प्रयासहरू तीव्र पारेका छन्। अब तिब्बती बच्चाहरूलाई उनीहरूका आमाबाबुले उनीहरूलाई निर्वासित तिब्बती आध्यात्मिक नेताको बारेमा के भनेका छन् भन्ने कुरा पत्ता लगाउन प्रश्न गरिरहेको र त्यसको तथ्याङ्क सङ्कलन गरिरहेको रेडियो फ्री एसियाले जनाएको छ। 

ऐतिहासिक रूपमा उत्तर पूर्वी तिब्बतको अम्दो क्षेत्रको एक भाग, छिङहाईमा निजी घरहरूमा दलाई लामाका फोटोहरू प्रदर्शन गर्न प्रतिबन्ध लगाउन २०१७ को सुरुमा नै प्रयासहरू गरिएको थियो। 

तिब्बतीहरूको जीविकोपार्जनको मूल्याङ्कन गर्ने बहानामा, चिनियाँ अधिकारीहरूले दलाई लामाका फोटोहरू जाँच गर्न अनियमित घर निरीक्षण थालेका थिए। चिनियाँ अधिकारीहरूले घरमा बस्ने बालबालिकालाई दलाई लामाको बारेमा उनीहरूका अभिभावकले के सिकाइरहेका छन् भन्ने कुराको निगरानी र अनुसन्धान थालेका छन्। 

तिब्बतमा आउने चिनियाँ अधिकारीहरूले कहिलेकाहीँ तिब्बती घरहरूमा बस्ने बालबालिकाहरूसँग कुराकानी गरेर बुझ्ने गरेका छन्। उनीहरूलाई निर्वासित नेताको बारेमा के थाहा छ भनेर सोध्छन्, जसलाई चिनियाँ नेताहरूले बेइजिङको शासनबाट तिब्बतलाई विभाजन गर्न खोज्ने पृथकतावादी भनेर चिन्छन्।

चिनियाँहरूले तिब्बतमा पछिल्लो समय निजी विद्यालयहरूमा पढ्न रोक लगाउने र अनिवार्य चिनियाँ भाषाको माध्यमबाट अध्ययन गराउनका लागि पनि चिनियाँ अधिकारीहरूले दबाब दिन थालेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ