arrow

४० हजार अफगानी शरणार्थी लिन ईयूका सदस्य राष्ट्रहरू सहमत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २४ शुक्रबार
Ylva-Johansson.jpg

काठमाडौं । युरोपेली युनियन (ईयू) का १५ सदस्य राष्ट्रहरूको समूह ४०,००० अफगानीहरूलाई पुनर्वासका लागि स्थान दिन सहमत भएका छन् ।१५ देशका गृहमन्त्रीहरूसँगको छलफलपछि ईयुकी आयुक्त यल्भा जोहानसनले यस्तो सहमति भएको जानकारी दिएकी हुन् ।

यसअन्तर्गत जर्मनीले २५ हजार, नेदरल्याण्डले ३ हजार ११५, स्पेन र फ्रान्सले २,५०० र अन्य राष्ट्रले केही कम मात्रामा अफगानी नागरिकलाई शरण दिने भएका हुन् । 

कमिस्नर जोहानसनले बिहीबार भनेकी छन्,'र मलाई लाग्छ कि यो एकताको प्रभावशाली कार्य हो, अफगानीस्तानीलाई नियन्त्रित तरिकाले बसाइँ सर्ने अनुमति दिँदा अनियमित आगमनलाई रोक्न मद्दत पुग्ने छ,' उनले भनेकी छन् ।

शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तले यसअघि पाँच वर्षभित्र ४२,५०० अफगानी शरणार्थीहरूलाई स्विकार्न ईयुलाई आग्रह गरेको थियो । तर २७ सदस्य राष्ट्रमध्ये केहीले यसको विरोध गरेका थिए।

अनुमानित झन्डै ८५ हजार अफगानी नागरिकले देश छाडेको र उनीहरू ईयुलगायत अन्य छिमेकी मुलुकहरुतर्फ गएका छन् । गत अगस्त १५ मा तालिबानले काबुल कब्जा गरेको थियो । यसअघि झन्डै २८ हजार अफगानी नागरिकहरूलाई २४ ईयुका सदस्य राष्ट्रले शरण दिइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ