arrow

मेक्सिकोमा ट्रक दुर्घटना हुँदा ५३ आप्रवासीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २४ शुक्रबार
mexico-migrants-crash.png

काठमाडौं । आप्रवासी भनिएका १०० भन्दा बढी मानिस बोकेको मालवाहक ट्रक दक्षिणी मेक्सिकोको एक पैदल पुलमा ठोक्किएर दुर्घटना हुँदा कम्तीमा ५३ जनाको मृत्यु भएको छ । मध्य अमेरिकाबाट आएको उक्त ट्रकमा रहेका अन्य दर्जनौं आप्रवासी घाइते भएका छन् ।

मेक्सीकोको चियापास राज्यको राजधानी नजिक उक्त ट्रक बढी लोड भएका कारण मोडिने क्रममा दुर्घनामा परेको हुनसक्ने बताइएको छ ।

घाइतेमध्ये करिब ४० जनाको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरूकाे स्थानीय अस्पतालमा उपचार भइरहेकाे छ ।

आप्रवासीहरु मध्य अमेरिकाबाट आएको हुनसक्ने अनुमान गरिए पनि उनीहरुको परिचय खुलिसकेको छैन् ।

मेक्सिकोको उत्तरी राज्य तामाउलिपासमा जेटास ड्रग कार्टेलद्वारा सन् २०१० मा ७२ आप्रवासीहरूको नरसंहार पछि मेक्सिकोमा पहिलो पटक एकै दिन यति धेरै आप्रवासीहरूको मृत्यु भएको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ