arrow

‘कांग्रेसको सरकार बनाउँछु, बनाइन्छ तपाईहरुले मलाई साथ दिनोस्’ : देउवा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २४ शुक्रबार
sher-bahadur-deuba-1233123.JPG

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकार बनेपछि जनताले डर त्रासबाट मुक्ति पाएको दाबी गरेका छन्। कांग्रेस १४औं महाधिवेशनको उद्घाटनसत्रको सभालाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रेस नेतृत्वको सरकार बनेपछि जनताले डरत्रासबाट मुक्ति पाएको बताए।

‘जुन दिन मेरो सरकार बन्यो, हेर्नुस् त्यसअघि कस्तो थ्यो डर त्रास?, मेरो सरकार बनेपछि कस्तो भयो?,’ देउवाले सम्बोधनका क्रममा भने।

सम्बोधनकै क्रममा उनले आगामी कांग्रेसको नेतृत्वको जिम्मा अब यो परिवर्तनलाई बचाउनु रहेको भन्दै सभापतिमा आफूलाई सहयोग गर्न पनि महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गरे।

‘जुन मुक्ति ओली सरकारबाट पाएका छौं, त्यसलाई बचाउने कि नबचाउने?, यो महाधिवेशनले अब त्यसको निणर्य गर्छ, आउदो सरकार तल देखि माथिसम्म कांग्रेसको नेतृत्वमा बन्छ, त्यो मेरो जिम्मा भयो,’ सभापति देउवाले सम्बोधनका क्रममा भने।

उनले यो महाधिवेसनले डरत्रास मूक्त समाज, तानाशाही सरकार नआओस भन्नका लागि निणर्य गर्नु पर्ने भन्दै कांग्रेस सरकार रहिरहयो भने स्थानीय र केन्द्रीय सरकार कांग्रेसको हुने बताए।

उनले अन्त्यमा समेत आफूले डरत्रासबाट मुक्त समाज बनाएरै छाड्ने भन्दै अघि भने,  ‘कांग्रेसको सरकार बनाउँछु, बनाउँछु बनाउँछु, बनाइन्छ, बनाइन्छ, बनाइन्छ तपाईहरुले मलाई साथ दिनोस् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ