- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सभापतिका दाबेदार कल्याण गुरुङले पहिलो नम्बर सभापतिको उम्मेदवारी दर्ता गराएका छन् ।
नयाँ कार्यसमिति चयनका लागि शनिबारदेखि शुरु भएको उम्मेदवारी मनोनयन प्रक्रिया अन्तर्गत गुरुङले सभापति पदमा आफ्नो उम्मेदवारी दिएका हुन् ।
परिवर्तन, न्याय र समानताका लागि उम्मेदवारी दर्ता गराएको गुरुङले उल्लेख गरेका छन । युवा पुस्ताको प्रतिनिधित्वका रुपमा आफ्नो उम्मेदवारी रहेको उल्लेख गर्दै कुनैपनि हालतमा आफ्नो उम्मेदवारी फिर्ता नहुने दाबी समेत गरेका छन ।
बिहान १० बजेदेखि मनोनयन प्रक्रिया अनुरुप उम्मेदवारी दर्ताको लागि फाराम वितरण सुरु थियो । निर्वाचन प्रक्रियाको काम भृकुटीमण्डप र राष्ट्रियसभा गृहबाट भइरहेको छ ।