arrow

कांग्रेस सभापतिमा प्रकाशमानलाई सुजाताको समर्थन !

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २५ शनिबार
prakash-koirala.JPG

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कांग्रेस सभापतिको दौडमा रहेका प्रकाशमान सिंहलाई समर्थन गर्ने संकेत गरेकी छिन् । परिवारभन्दा पनि पार्टीलाई ठूलो बनाउने भन्दै बिहान उनी सिंहसँग छलफल गर्न पुगेकी थिइन् ।

कोइराला परिवारकै सदस्य डा. शेखर कोइराला सभापतिको बलिया दाबेदार रहेकै बेला सुजाता प्रकाशमानलाई सहयोग गर्ने भन्दै आन्तरिक छलफल जुटेकी हुन् ।

उनले सिंहको प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिने तयारी गरिरहेको बुझिएको छ । उनले आफैंले भने सार्वजनिक रुपमा घोषणा गरेकी छैनिन् ।

शनिबार बिहान पत्रकारहरुसँगको कुराकानीमा जनताले नयाँ अनुहार चाहेको प्रतिक्रिया दिएकी छिन् । उनले भनिन्, ‘आफूलाई प्रकाशमानजी नै सही व्यक्ति लागेको छ । सभापतिमा उहाँको अनुहार नयाँ हो । म पनि नेतृत्व दिन सक्छु । प्रकाशमानजीले सबैलाई मिलाएर लान सक्नुहुन्छ जस्तो लाग्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ